‘छानबिन समितिलाई दरबार हत्याकाण्डको दोषी पत्ता लगाउने ‘म्यान्डेट’ थिएन’
काठमाडौं। राजपरिवारकै विनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको २१ वर्ष पूरा भइसकेको छ। विसं २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको वंशनाश हुने गरी भएको हत्याकाण्डका दोषी तत्कालीन युवराज दीपेन्द्रलाई ठहर गरिएको थियो ।
यद्यपि ठूलो संख्यामा नेपाली जनता छानबिन समितिको यो निष्कर्षमा सहमत छैनन् र अझैसम्म पनि उक्त हत्याकाण्डको विषयलाई रहस्यमय भन्ने गरिन्छ।त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए।
सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। यद्यपि, नेपाल सो समितिमा बसेनन्। उनले राजीनामा दिएका थिए।
उक्त हत्याकाण्डको छानबिन समितिलाई सहयोग गरेका सर्वोच्च अदालतका पूर्व रजिस्टार श्रीप्रसाद पण्डितले भने तत्कालीन छानबिन समितिलाई दरबार हत्याकाण्डको दोषी को हो भनेर पत्ता लाउने ‘म्यान्डेट’नभएको बताएका छन्।
डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा बोल्दै पण्डितले यस्तो बताएका हुन्। तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार युवराज दीपेन्द्रलाई दोषी ठहर गरिएको थियो।
छानबिन समितिले दोषी ठहर युवराज दीपेन्द्रलाई गरेपनि हत्याकाण्डको दोषी को भनेर पत्ता लाउने ‘म्यान्डेड’ नभएको र आम नागरिक र बाहिरी जगतमा चाहीँ छाबिन समितिले पत्ता लगाएको भन्ने कुरामा भ्रम भएको पण्डितले भनाई छ।
दरबार हत्याकाण्ड भएको दिन कुनै भिडियो कुनै रेकर्ड नभएको र सो छानबिन समिति मार्फत उक्त दिन दरबारमा के के भएको रहेछ रु त्यहाँ कति जना मान्छे थिए रु के भएको थियो भन्ने कुराको पत्ता लाउने र सम्रगमा भन्नु पर्दा सो स्थानको सचित्र बर्णन गर्ने मात्र अधिकार रहेको उनको भनाई छ।
तर कस्को कारण हत्या भएको भन्ने कुरा प्रहरीको अनुसन्धान जस्तो अनुसन्धान गर्ने छानबिन समितिको अधिकार नभएको उनले बताए।उनले भने ‘यो विषयलाई अनुसन्धान गर्ने पाटोमै लगिएको छैन। त्यो घटनाको बस्तुस्थितिको बिषय मात्र छानबिन समितिले पत्ता लगाएको हो। अनुसन्धान गरेर दषी को हो र कस्लाई मुद्दा चलाउने भन्ने कुरा चाँही भएको थिएन।’







डिसी नेपाल








Facebook Comment