नेकपा एसले प्रदेशस्तरीय रिपोर्टिङका लागि नेतालाई जिम्मेवारी प्रदान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समजवादी)ले सङ्गठनको प्रदेशस्तरीय गतिविधिलाई रिपोर्टिङका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रदेश नं १ का लागि उपाध्यक्ष जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा उपमहासचिव गङ्गालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष प्रमेश हमाल, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णालीमा सचिव प्रकाश ज्वाला र सुदूरपश्चिममा डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको केन्द्रीय प्रचार विभाग सदस्य लेखनाथ सिकारुले जानकारी दिए ।
बैठकले जिम्मेवारी प्राप्त गरेका नेताहरूले पाँच दिनभित्र प्रदेशस्तरीय गतिविधिको अध्ययन गरी केन्द्रलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।
पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा भएको बैठक समसामयिक राजनीतिक अवस्थाको समीक्षा र गहन कार्ययोजना प्रस्तुत गर्न भोलि आइतबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।







डिसी नेपाल








Facebook Comment