स्थानीय चुनाव परिणाम र एमालेको अबको राजनीति

डिसी नेपाल
२२ जेठ २०७९ १०:३७
244
Shares

अघिल्लो वर्ष नेपाली राजनीतिमा पटकपटक अवसादका घटनाहरु भए । प्रधानमन्त्रीको कार्यकारी अधिकारमाथि अदालतले नांगो हस्तक्षेप गर्‍यो र अदालतको परमादेशमा जनअनुमोदित सरकारलाई हटाई प्रतिगमनकारी झुण्डको सरकार बन्यो।

बिडम्वना त यो भयो कि नेपाली राजनीतिक पार्टीहरुमा सबैभन्दा लामो लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी, लोकतान्त्रिक दुर्घटनाको उत्प्रेरक बन्यो।

विषादपूर्ण राजनीतिको यो कालखण्डमा देशमा स्थानीय चुनाव सम्पन्न भयो। सत्तापक्षीय गठवन्धनले सत्ता र शक्तिको चरम दुरुपयोग गरी चुनावमा अनेकन् गैरराजनीतिक तथा गैरकानुनी हत्कण्डाहरु गर्‍यो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विरुद्ध देशभरका कथित राजनीतिक पार्टीहरुले गठवन्धन बनाए।

यसमा स्मरणीय के छ भने, सभामूखसहितले वद्नियत राखी एमाले पार्टी फुटाउने सम्म गैरराजनीतिक र गैरसंवैधानिक काम गरेका थिए। यस्तो प्रतिकुल समय र धाँधलीपूर्ण चुनावमा पनि आम जनताले एमालेप्रतिको विश्वास देखाए।

परिणमस्वरुप कुल पालिकाहरुमध्ये २ सय ५ नगरपालिका तथा गाउँपालिकामा मेयर तथा अध्यक्ष र २ सय ३९ नगरपालिका तथा गाउँपालिकामा उपमेयर तथा उपाध्यक्षमा एमालेले जित निकाल्यो।

सभामूखसहितले वद्नियत राखी एमाले पार्टी फुटाउने सम्म गैरराजनीतिक र गैरसंवैधानिक काम गरेका थिए। यस्तो प्रतिकुल समय र धाँधलीपूर्ण चुनावमा पनि आम जनताले एमालेप्रतिको विश्वास देखाए।

त्यस्तै २ हजार १ सय २५ वडामा वडाध्यक्ष तथा २ हजार ३ सय ३५ स्थानमा महिला सदस्य, २ हजार २ सय ८१ स्थानमा दलित महिला सदस्यमा र ४ हजार ६ सय ६४ स्थानमा वडा सदस्यको रुपमा एमालेले जित हाँसिल गरेको छ।

यो सब नतिजाको आधार प्रतिकुल समयमा पनि एमाले नेतृत्वको स्पष्ट दृष्टिकोण, प्रतिवद्ध कार्यकर्ताको लगाव र आम जनताको एमालेप्रतिको विश्वास र भरोसाले सम्भव बनाएको हो।

त्यसैलेत देशभरी सम्पूर्ण राजनीतिक शक्ति एकातिर र एमाले मात्र अर्कोतिर हुँदा पनि लोकप्रिय मतको आधारमा नेपाल कम्युनिष्ट पार्टी एमाले पहिलो पार्टी बन्न पुग्यो। यो नै गठवन्धनका पार्टीहरुलाई नेपाली जनताले दिएको जवाफ हो।

यसो भन्दैगर्दा हामीले के पनि बिर्सनु हुन्न भने एमाले भित्र पनि केही कुण्ठित र धोकेवाजहरु छद्यभेषमा रहेका रहेछन्। यस्ता पार्टी भित्रका अन्तर्घातीहरुका कारणले पनि केही जित सुनिश्चित जस्तै पालिका पनि एमालेले गुमाउन पुग्यो।

स्थानीय चुनावको लागि टिकट वितरणमा भने पार्टी भित्र हावी भएका केही स्वार्थ समूहको दवाव चिर्न नसक्नु पनि पार्टीको कमजोरी हो। यस्ता विषयमा पार्टीको शीर्ष नेतृत्वभन्दा पनि सम्वन्धित क्षेत्रका नेताहरु बढी सजग बन्नु पर्ने देखिन्छ किनकि प्रभावमा पार्न सक्ने त्यस्ता स्वार्थ समूहहरुको पृष्ठभूमिबारे त्यसै क्षेत्रका नेता कार्यकर्ता बढी जानकार हुन्छन्।

त्यसो त लोकतान्त्रिक राजनीतिक पार्टीको यात्रामा चुनाव र जितहार स्वभाविक हुन्। अहिलेको चुनावी नतिजा एमालेको राजनीतिक यात्रामा एउटा गतिलो शिक्षा र भविष्यको लागि ठूलो आधार पनि बनेको छ।

अस्थिर सोच भएका राजनीतिक नेतृत्वसँगको सहकार्य नतिजामूखी हुन नसक्ने र त्यसको ठूलो मूल्य आम जनता र देशले नै चुकाउनु पर्ने हुनाले यसमा सचेत हुनुपर्ने शिक्षा पनि पार्टी लिनुपर्छ।

त्यस्तै, नेतृत्व र एजेण्डा सही भएको राजनीतिक दललाई आम जनताले विश्वास गर्छन् भन्ने कुरा अहिलेको नतिजाले देखाएको छ भने चुनावको समयमा हुनसक्ने सत्ताको दुरुपयोग रोक्न निर्वाचन आयोग लगायत अन्य संस्थालाई सशक्त, जिम्मेवारपूर्ण र पारदर्शी बनाउने पर्ने वोध पनि अझ गहिरो ढङ्गले भएको छ।

त्यसो त ‘समृद्ध नेपाल सुखी नेपाली’ नीति कार्यान्वयनमा स्पष्ट दृष्टिकोण, लोकतान्त्रिक चरित्र र राजनीतिक विरासत बोकेको नेकपा एमालेको जस्तो अर्को पार्टी नेपालमा छैनन्।

आन्तरिक तथा बाह्य स्वार्थ समूहको षड्यन्त्रमा बेलामौकामा देखापर्ने पानीका फोका जस्ता वा वर्षयामका खहरे जस्ता उग्र वामपन्थी राजनीति दलहरु बेलामौकामा नदेखिने होइनन्। यस्ता पार्टीहरु एमालेको विकल्प वा प्रतिस्पर्धी पार्टी हुनै सक्दैन।

त्यस्तै इतिहासमा सीमित भइसकेका केही दक्षिणपन्थी राजनीतिक पाटीहरु पनि एमालेको प्रतिस्पर्धी हुन सक्दैन । यस तथ्यले श्रद्धेय एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएजस्तै नेपाली राजनीतिले द्विपक्षीय पार्टी पद्दतिको औचित्य स्थापित भएको प्रष्ट हुन्छ।

त्यस्तै, कुनै पनि राजनीतिक सिद्धान्त, दर्शन, कार्यनीति तथा रणनीति केही पनि नमिल्ने पार्टीहरुको अपवित्र गठवन्धन हालै सम्पन्न भएको स्थानीय निर्वाचनको नतिजाले हौसिएको देखिन्छ।

इतिहासमा सीमित भइसकेका केही दक्षिणपन्थी राजनीतिक पाटीहरु पनि एमालेको प्रतिस्पर्धी हुन सक्दैन । यस तथ्यले  एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएजस्तै नेपाली राजनीतिले द्विपक्षीय पार्टी पद्दतिको औचित्य स्थापित भएको प्रष्ट हुन्छ।

सत्ता स्वार्थको हिस्सा बाँडफाँटको स्वार्थले टिकेको यो गठवन्धन प्रादेशिक र संघीय चुनावसम्म नै लैजाने भन्ने आवाजहरु सुनिन थालेका छन् । त्यसोत राज्यश्रोतको दोहन नै राजनीतिको मुख्य उद्देश्य ठान्नेहरुका लागि स्वार्थजडित गठवन्धन स्वभाविक नै होला । तर स्वार्थ बाँडफाँटमा कुनै तलमाथि हुने बित्तिकै यो गठवन्धन टुट्ने ठोकुवा गर्न कुनै राजनीतिक विश्लेषक हुनु नपर्ने कुरा पनि यथार्थ हो।

र अन्त्यमा, नेकपा एमालेको राजनीतिको लक्ष्य नेपाल र नेपालीभन्दा अरु केही छैन। केही वर्ष अघिसम्म दोधारे नीतिको आरोप खेप्ने एमालेले केपी शर्मा ओलीको नेतृत्व पाएसँगै स्पष्ट कार्यदिशासहितको कुशल नेतृत्व पाएको छ।

अध्यक्ष ओलीकै कुशल नेतृत्वको कारण २०६४ सालमा जम्मा २०.३ प्रतिशत लोकप्रिय मत पाएको एमालेले २०७० सालको चुनावमा २३.६ प्रतिशत र २०७४ को चुनावमा ३३.३ प्रतिशत लोकप्रय मतसहित सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भयो।

देश विकासको स्पष्ट दृष्टिकोण, सन्तुलित र स्वाभिमानी विदेश नीति, स्वप्नदर्शी तथा दुरदर्शी कार्ययोजना, सुशासन र भ्रष्टाचारप्रति शुन्यसहनशिल नीति तथा ब्यबहार आदिले एमालेलाई नेपाली राजनीतिको निर्विकल्प शक्तिको रुपमा स्थापित गरेको छ।

अब आउने प्रादेशिक तथा संघीय चुनावमा एमालेले आफूलाई स्पष्ट बहुमतसहितको पहिलो पार्टी बन्ने त सुनिश्चित जस्तै छ यसको लागि स्पष्ट दृष्टिकोण त एमालेको छँदैछ सत्ताको दुरुपयोगलाई रोक्न भने आम जनतासहित एमालेका नेता कार्यकर्ता सचेत भने् हुनैपर्छ ।

लेखक युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.