घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने तयारी

डिसी नेपाल
२२ जेठ २०७९ १३:३०
212
Shares

काठमाडौं।नेकपा एमालेका नेता घनश्याम भुसालमाथि स्पष्टिकरण सोध्ने तयारी भएको छ। एक टेलिभिजन अन्तवार्तामा भुसालले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता भुसालमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

बुधबार केशव बडालको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोगको बैठक बसेको थियो । बैठकले सोझै कारबाहीको जिम्मा अनुशासन आयोगले पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

तर एमाले स्रोतका अनुसार भुसाललाई कारबाही भन्दा अगाडि स्पष्टिकरण सोध्ने तयारी भएको छ।स्रोतका भुसाललाई कारबाही गर्ने भएपछि पार्टी नेतृत्वको चौतर्फी आलोचना भएपछि अहिले स्पष्टिकरण मात्र सोध्ने तयारी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.