मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीले दियो बधाई

डिसी नेपाल
२३ जेठ २०७९ ९:१४
316
Shares

न्युयोर्क। अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ। महामारीका कारण फ्रान्सेस्का बोर्डियरले कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन् ।

‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो बिरालो (सुकी) हुन्थिन। जब म मेरो जुम लेक्चरमा हुन्थे, उनी पनि नजिकै आएर सुन्थिन। उनी मेरो ल्यापटपको छेउमै बस्थिन’, बोर्डियरले भनिन्।

स्नातक हाँसिल गर्नमा आफू एक्लै नभएकोमा खुसी व्यक्त गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो बिरालोले मसँग भएको हरेक जुम लेक्चरमा भाग लिन्थिन् त्यसैले हामी दुवैले अस्टिनको टेक्सास विश्वविद्यालयबाट सँगै स्नातक गर्नेछौं।’

सामाजिक सञ्जाल एपमा उनको पोस्ट भाइरल भएको छ । धेरैले लाईक र टिप्पणी गरेका छन्। दुबैलाई बधाई दिँदै एक इन्स्टा प्रयोगकर्ताले लेखे, ‘मैले तपाई दुईलाई समाचारमा देखेको छु र म आफैं एक बिरालोप्रेमी महिला हुँ। ’

‘यो सबैभन्दा प्यारो र सबैभन्दा मौलिक चीज हो जुन मैले देखेको छु! बधाई छ दुबै जनालाई !!’ अर्काले टिप्पणी गरेका छन्।
बोर्डियरले सुकीलाई टोपी र गाउन किनेतापनि उनको बिरालोले कुनै स्नातक डिग्री प्राप्त गरेको छैन्। आफूलाई हरेक चरणमा साथ दिने बिरालोप्रति उनी खुसी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *