इमरान खानलाई गिरफ्तार गरिने

डिसी नेपाल
२३ जेठ २०७९ ११:१७
840
Shares

काठमाडौं । पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले आइतबार पूर्वप्रधानमन्त्री तथा पीटीआई प्रमुख इमरान खानलाई उनको अन्तरिम जमानत अवधि समाप्त हुनेबित्तिकै पक्राउ गरिने बताएका छन्।

पीटीआईको दोस्रो लामो मार्च अघि पेशावर उच्च अदालतले जुन २ मा इमरान खानको जमानत ५० हजार रुपैयाँमा तीन हप्ताको लागि बढाएको थियो। आफ्नो गिरफ्तारीको सम्भावना देखेर इमरान खान पेशावर उच्च अदालत पुगेका थिए ।

राणा सनाउल्लाहले ट्वीटरमा लेखेका छन्, ‘इमरान खान हिंसा, दंगा, राजद्रोह, सशस्त्र आक्रमणलगायत दुई दर्जनभन्दा बढी मुद्दामा नामांकित छन्।’

उनले लेखेका छन् ‘इमरान खानको बनी गाला निवासको सुरक्षामा खटिएका कर्मचारीले नै खानलाई २५ जुनमा जमानत सकिएपछि पक्राउ गर्नेछन् ।’

पाकिस्तानका गृहमन्त्रीले इमरान खानलाई प्रश्न गर्दै भने, ‘लोकतान्त्रिक समाजमा त्यस्तो व्यक्ति कसरी राजनीतिक दलको प्रमुख हुन सक्छ, जसले जनतालाई उक्साउँछ र जसले नैतिक र लोकतान्त्रिक मूल्यमान्यताको अलिकति पनि सम्मान गर्दैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *