रसायनिक भण्डारमा भएको विस्फोटमा डिपो सञ्चालक दोषी
ढाका। बंगलादेशका अधिकारीहरूले रसायनिक भण्डारमा भएको विस्फोटमा डिपो सञ्चालक दोषी रहेको बताएका छन्। सञ्चालकले रसायनिक पदार्थबारे अग्नि नियन्त्रकलाई जानकारी नगराएको आरोप लगाएका हुन्।
सीताकुण्डको बीएम कन्टेनर डिपोमा आगलागीको केही समयपछि ठूला विस्फोट भएका थिए। विस्फोटका कारण अग्नि नियन्त्रक सेवाका ९ जनासहित ४९ जनाको मृत्यु भएको थियो। आगो लागेपछि डिपोभित्रका रसायनिक पदार्थ विस्फोट भएको थियो । विस्फोटको ३६ घन्टापछि धुँवाको मुस्लो फैलिएको थियो।
आगलागीमा तीन सय घाइते भएका छन्। घाइतेमध्ये एक दर्जनको अवस्था गम्भीर छ। ‘त्यहाँ घातक केमिकल रहेको डिपो प्राधिकरणले हामीलाई जानकारी दिएन। हाम्रा नौ अधिकारीहरू मारिएका छन्। दुई जना अझै हराइरहेका छन्। धेरै व्यक्तिहरू पनि हराइरहेका छन्’, दमकल विभागका अधिकारी मोहम्मद कमरुज्जमानले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment