बेवारिसे अवस्थामा फालिएको थियो ४ करोडको ‘चीज’, देखेर पनि ३० वर्षसम्म कसैले वास्तै गरेनन्
काठमाडौं । घरको सुत्ने कोठामा एउटा बहुमूल्य वस्तु वर्षौंदेखि बेवारिसे अवस्थामा थियो । परिवारका सदस्यहरूले यसलाई नियमित रूपमा देखिरहेका थिए तर यसको वास्तविकताबारे अनभिज्ञ थिए ।
यो चिज करिब ४ करोड रूपैयाँ बिक्दा उनीहरूले पत्याउनै सकेनन् । जब घर मालिकहरूले त्यो घर बेच्दै थिए, तब मात्र यो वस्तु बहुमूल्य भएको कुरा थाहा भयो।
‘द सन’का अनुसार यो बहुमूल्य वस्तु १६औँ शताब्दीको दुर्लभ पेन्टिङ थियो। जुन ३० वर्षदेखि घरको भित्तामा झुण्डिएको थियो । तर यो पेन्टिङ पछि २ लाख ५५ हजार पाउण्ड (४ करोड रुपैयाँ) मा बिक्छ भन्ने कसैलाई कल्पना थिएन ।

वास्तवमा लण्डनमा रहेको यो घर विगत केही वर्षदेखि बन्द अवस्थामा थियो । यसको मालिक एक ९० वर्षीया महिला हुन्, जो बिरामी भएका कारण २०२१ देखि केयर होममा बस्दै आएकी थिइन्। हालै उनका परिवारले यो घर बेच्ने निर्णय गरेका छन् । उपचारका लागि पैसा जुटाउने उद्देश्यले घर बेच्न लागेका थिए ।
यसैबीच घरमा रहेका सामानको मूल्याङ्कन गर्न पुग्दा एक व्यक्तिको नजर सुत्ने कोठाको भित्तामा झुण्डिएको पेन्टिङमा पुग्यो । यी व्यक्ति प्राचीन वस्तुहरू लिलामी गर्ने ह्याम्पस्टेड अक्सन हाउसबाट आएका थिए। जब त्यो व्यक्तिले यो चित्र अलि फरक भएको फेला पारे, उसले यसलाई निकालेरा जाँचे । पछि उनले यसलाई लिलामी गराउने पिटर मेसनलाई पठाए।
जब पिटरले यसको अनुसन्धान गरे, यो पेन्टिङ सामान्य चित्र नभएको र यो १६ औं शताब्दीको दुर्लभ कलाकृति फिलिपिनो लिप्पको म्याडोना एन्ड चाइल्ड हो भन्ने थाहा पाए। पछि उनले यो एन्टिक पेन्टिङ अनलाइन लिलामी गर्दा करिब ४ करोड रुपैयाँमा बिक्री भएको थियो ।
चाखलाग्दो कुरा के छ भने जुन घरबाट यो पेन्टिङ भेटिएको थियो त्यस घरलाई यसको इतिहास वा मूल्यबारे कुनै जानकारी थिएन। घरधनीले यो चित्र ३० वर्षअघि आफ्नो बुबाबाट विरासतमा पाएका थिए ।







डिसी नेपाल







Facebook Comment