उत्तर कोरियाको आणविक परीक्षणको डरका बीच अमेरिकाले कडा चेतावनी दियो
काठमाडौं । उत्तर कोरियाको आणविक परीक्षणको डरको बीचमा एक शीर्ष अमेरिकी अधिकारीले उत्तर कोरियालाई चेतावनीओ दिएका छन् । ती अधिकारीले यदि उत्तर कोरियाले यस्तो गर्यो भने आफूहरूले तुरुन्त र कडा जवाफी कारबारी गर्ने बताएका छन्।
अमेरिकी उप विदेशमन्त्री वेन्डी शर्मनले यस्तो अवस्थामा सम्पूर्ण विश्वले प्रतिक्रिया दिने आशा राखेको बताइन् । वेन्डी शर्मनले आफ्नो दक्षिण कोरियाली समकक्षीसँग सोलमा भेट गरेपछि यी टिप्पणी गरेकी हुन् ।
केही समयदेखि उत्तर कोरियाले सन् २०१७ यता आफ्नो पहिलो आणविक परीक्षण गर्ने तयारी गरिरहेको सङ्केत आइरहेको छ । सोमबार, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखले चेतावनी दिए कि उत्तर कोरियाले आफ्नो मुख्य आणविक साइटमा गतिविधि बढाउँदैछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment