उद्घाटन गर्दागर्दै भाँचियो पुल, श्रीमतीसँगै नालीमा पछारिए मेयर साब ! (भिडियोसहित)
काठमाडौं । एउटा पुल उद्घाटनका लागि महानगरपालिकाका मेयरसहित अन्य पदाधिकारी पुगेका थिए । उनीहरु यो पुलमा चढ्दा पुल भाँचिएर मेयरसहित करिब २ दर्जन मानिसहरू नालीमा पछारिए । यसको एउटा भिडियो पनि सार्वजनिक भएको छ ।
द गार्डियनका अनुसार घटना मेक्सिकोको क्वेर्निभाकाको हो । नगरका मेयरले नालीमाथिको फुटब्रिजको उद्घाटन गरेका थिए । काठको बोर्ड र धातुको चेनले यो पुल पुन: निर्माण गरिएको थियो। भिडियो हेरेर चेनबाट बोर्ड अलग्गिएका कारण यो घटना भएको अनुमान गरिएको छ ।
Cae alcalde de Cuernavaca, José Luis Urióstegui y su esposa durante la reinauguración del paso Rivereño en Amanalco, el puente colgante se rompió, también están lesionados regidores y la Síndico
Información: @Reportero1965 pic.twitter.com/x60I7b0GIB— Nueve Morelos (@TelevisaMorelos) June 7, 2022
नगर परिषद्का सदस्यहरू र अन्य स्थानीय अधिकारीहरू ३ मिटर (१० फिट) तल नालीका ढुंगाहरूमा खसे। मोरेलोस राज्यका गभर्नर कुउहटेमोक ब्लान्कोले नालीमा खसेका मध्ये मेयर, उनकी श्रीमती, धेरै अधिकारी र पत्रकारहरू रहेको बताए। धेरै जना घाइते भए । त्यसपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।
रिपोर्टका अनुसार मेयर जोसे लुइस उरियोस्टेगुईलाई पनि अस्पताल लगिएको थियो। उनलाई सामान्य चोट लागेको छ र खतरामुक्त छन् । क्षमताभन्दा बढी यात्रु चढेका कारण यो घटना भएको अनुमान गरिएको छ । घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा धेरै मानिसहरु नालीमा झरेको देखिन्छ । ती मानिसहरूलाई त्यहाँबाट निकाल्ने काम पनि भइरहेको छ।







डिसी नेपाल







Facebook Comment