अमेरिकाले भन्यो– उत्तर कोरियाले जुनसुकै बेला परमाणु परीक्षण गर्न सक्छ
काठमाडौं । एक अमेरिकी अधिकारीले उत्तर कोरियाले जुनसुकै बेला परमाणु परीक्षण गर्न सक्ने चेतावनी दिएक छन् । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमको यस्तो चेतावनी उत्तर कोरियाले आइतबार नै आठ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बेला आएको हो । यसैबीच अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मनले उत्तर कोरियाले यस्तो कुनै पनि आणविक परीक्षण गरेमा त्यसको तत्काल र कडा जवाफ दिइने बताइन्।
North Korea could carry out nuclear tests ‘any time’, warns US official https://t.co/fDB73b9ulQ
— BBC News (World) (@BBCWorld) June 8, 2022
उत्तर कोरियाले पछिल्लो पाँच वर्षमा कुनै पनि आणविक परीक्षण गरेको छैन। तर पछिल्ला दिनहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ। अमेरिकी अधिकारी सुङ किमले जकार्तामा उत्तर कोरियाले यो वर्ष अहिलेसम्म अनपेक्षित संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताए । उत्तर कोरियाले यो वर्ष अहिलेसम्म ३१ वटा क्षेप्यास्त्र परीक्षण गरेको छ, जुन अघिल्लो वर्ष २०१९ मा २५ थियो। यसैबीच अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनले उत्तर कोरियालाई दक्षिण कोरिया, अमेरिका वा जापानले मात्र नभई सम्पूर्ण विश्वले कडा जवाफ दिने बताइन् । अमेरिकी भनाइप्रति उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।







डिसी नेपाल







Facebook Comment