अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

डिसी नेपाल
२६ जेठ २०७९ ७:४१
164
Shares

एजेन्सी। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ। टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध-स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ।

यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ। विधेयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए। अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ। तर, माथिल्लो सदनबाट पारित हुने सम्भावन कम रहेको बताइन्छ।

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ। यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *