चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद !

डिसी नेपाल
२६ जेठ २०७९ ९:५३
3.8k
Shares

नयाँ दिल्ली। चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ। धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन्। तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन्।

श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनउथिन्। श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए। त्यसपछि आपसी सहमतिमा दम्पत्ति अलग भएका थिए।

पछिल्लो समयमा अस्वभाविक कारण जस्तैः तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन्। कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन्। ‘पछिल्ला समयमा सम्बन्ध बिच्छेद नाटकीय रूपमा बढेको छ’, न्यायाधीश एम एल रघुनाथले भने। भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्नुअघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ।

‘दम्पतीले सम्बन्धविच्छेद गर्नुअघि कम्तिमा एक वर्ष सँगै बस्नुपर्ने हुन्छ। त्यस्तो कानून नभएको भए विवाह हलबाटै सम्बन्ध विच्छेदको निवेदन पर्दथ्यो।’, उनको भनाई उद्धृत गर्दै द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ।

मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पत्तिको नाम उल्लेख गरिएको छैन्। उनका अनुसार ग्रामिणभन्दा सहरी क्षेत्रमा सम्बन्धबिच्छेद दर बढ्दो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *