सुतिरहेकी १४ वर्षकी किशोरीलाई बेडरुमबाटै अपहरण गरेर ९ महिनासम्म हरेक दिन बलात्कार !
काठमाडौं । यो कहालीलाग्दो भोगाइ एक महिलाको हो जसलाई १४ वर्षको उमेरमा चक्कुको आडमा धम्क्याएर अपहरण गरिएको थियो। त्यतिबेला उनी घरको ओछ्यानमा सुतिरहेकी थिइन् ।
त्यसपछि उनलाई अपहरणकारीले ९ महिनासम्म बलात्कार गरेको थियो । अपहरणकारीको चंगुलबाट मौका पाएर भागेपछि पनि लज्जाबोधले उनको जीवन निकै कष्टकर बनायो । तर, यी सबै कठिनाइलाई पार गर्दै उनी आज एक सफल कामकाजी महिला भएकी छिन् र बाल सुरक्षाका लागि काम गरिरहेकी छिन् ।

उनको नाम एलिजाबेथ स्मार्ट हो। अमेरिकामा बस्दै आएकी एलिजाबेथलाई १४ वर्षको उमेरमा ब्रायन डेभिड मिचेल नामका व्यक्तिले उनको घरबाट चक्कुको आडमा धम्क्याएर अपहरण गरेका थिए । त्यसपछि उनले एलिजाबेथलाई ९ महिनासम्म बलात्कार गरे । डेभिडकी श्रीमतीले उनलाई अपहरणमा सहयोग गरिन्।
एलिजाबेथको जुन २००२ मा अपहरण भएको थियो, ९ महिनापछि मार्च २००३ मा उनी डेभिडको चंगुलबाट मुक्त भइन्। यस क्रममा डेभिडले एलिजाबेथलाई हरेक दिन बलात्कार गरे । एलिजाबेथ भाग्न नसकुन् भनेर डेभिडले उनलाई मुसा र माकुराले भरिएको स्टोरमा तारले बाँधेर राखेका थिए।
डेभिडले एलिजाबेथलाई जबरजस्ती लागूऔषध खुवाएर रक्सी पिउन लगाए। रिपोर्टका अनुसार डेभिड एक साइको थिए। उनले अरु केटीहरुलाई पनि अपहरण गरेका थिए। तर, पछि उनलाई प्रहरीले समात्यो र अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यही क्रममा उनकी श्रीमतीलाई १५ वर्षको जेल सजाय भयो ।
हालै फक्स १३ न्युजसँग कुरा गर्दै एलिजाबेथले भनिन्– ‘अपहरणकर्ताको चंगुलबाट बाहिर निस्किएपछि अब म पहिले जस्तो बन्न सक्दिनँ भन्ने लाग्यो । यो पूरै घटनामा मेरो गल्ती नभए पनि बाहिर निस्कँदा लाज, दोषी महसुस हुन्थ्यो । तर मेरी आमाले मलाई प्रोत्साहन दिनुभयो, मलाई मद्दत गर्नुभयो र मलाई बलियो बनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्नुभयो।’

एलिजाबेथका अनुसार यो घटनाले उनलाई करिब ८ वर्षसम्म प्रभाव पारेको थियो । जबरजस्ती लागूऔषध र मदिरा सेवन गरेपछि उनको शारीरिक अवस्था बिग्रिएको थियो । त्यसमाथि डरलाग्दो घटनाले उनको मानसिक स्वास्थ्यलाई नराम्रो असर गर्यो। अदालतमा मुद्दा चल्दा पनि त्यो डरलाग्दो दृश्य सम्झँदा उनी काँप्ने गर्थिन् ।
अहिले एलिजाबेथ अन्तर्राष्ट्रिय समाचार वेबसाइटमा काम गरिरहेकी छिन्। उनी बाल सुरक्षाका लागि पनि काम गर्छिन् । उनी अहिले श्रीमान् र तीन सन्तानसँग बस्दै आएकी छन् । इन्स्टाग्राममा उनका करिब २.५ लाख फलोअर्स छन्, जहाँ उनी फ्यानहरूलाई आफ्नो जीवनसँग सम्बन्धित अपडेटहरू दिइरहेकी छिन्।







डिसी नेपाल







Facebook Comment