भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित

डिसी नेपाल
२६ जेठ २०७९ ११:३६
44
Shares

नयाँ दिल्ली। भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन्। यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो। महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ। तीन महिनापछि (९४ दिन) पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो। भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन्।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ । साप्ताहिक संक्रमण दर भने २.१३ छ।

पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ। यससँगै भारतमा अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ७२३ पुगेको छ। भारतमा अहिलेसम्म कोभिडबाट ४ करोड ३१ लाख ९७ हजार ५२२ संक्रमित भएका छन्।

बुधबार महाराष्ट्रमा २ हजार ७ सय १ जनामा कोभिड देखिएको थियो। यो संख्या २५ जनवरीपछिकै उच्च हो। संक्रमितमध्ये कम्तीमा ४२ प्रतिशत मुम्बईका रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *