कुकुरलाई बलात्कार गर्ने व्यक्तिलाई ९ महिना जेल सजाय

डिसी नेपाल
२६ जेठ २०७९ ११:४५
596
Shares

काठमाडौं । बेलायतको एक अदालतले कुकुरलाई बलात्कार गरेको अभियोगमा एक व्यक्तिलाई ९ महिनाको जेल सजाय सुनाएको छ । इन्टरनेटमा आपत्तिजनक तस्विर शेयर भएपछि यो कुरा बाहिर आएको हो ।

अनुसन्धानका क्रममा प्रहरीले उक्त व्यक्तिको फोनमा धेरै आपत्तिजनक फोटो र भिडियो फेला पारेको थियो । यसमा कुकुरसँग यौन दुर्व्यवहार र नाबालिग किशोरीहरूको आपत्तिजनक फोटोहरू समावेश थिए।

द सेन्टिनलका अनुसार उक्त व्यक्तिलाई उनका दुई साथीले कुकुरसँग सम्बन्ध राख्न उक्साएको बताइएको छ । उनले साथीहरू कुरा स्वीकार गरे। यसो गरेपछि उनले फेसबुक मेसेन्जरमा भिडियो पनि सेयर गरे । अहिले उनले यो मुद्दामा ९ महिना जेल सजाय पाएका छन् ।

उक्त व्यक्तिको नाम डीन बियर हो र उनी वेल्सका हुन्। नेशनल क्राइम एजेन्सीले अश्लिल तस्बिर अपलोड गरेको भन्दै प्रहरीलाई खबर गरेको थियो, त्यसपछि ५६ वर्षीया बियर प्रहरीमा पुगेपछि घटना बाहिर आएको थियो । त्यसपछि स्टोक-अन-ट्रेन्ट क्राउन कोर्टमा सुनुवाइ भएको थियो। उक्त व्यक्तिले फोनमा ६ पटक अनलाइनमा ‘डग पोर्न’ खोजेका थिए ।

अभियोजक मारिया ब्राननले भनेअनुसार प्रहरी जुलाई २१, २०२० मा बियरको घरमा आइपुगेको थियो र त्यहाँबाट एउटा मोबाइल फोन बरामद भएको थियो। उनले भननिन्– बियरको फोनमा १३ देखि १५ वर्षका किशोरीका अश्लील तस्बिर भेटिएका छन् ।

बियर वेल्सका हुन। । उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । उनीमाथि बालबालिकाको अश्‍लील तस्बिर राखेको, अश्‍लील तस्बिर राखेको, जनावरसँग यौनसम्पर्क गरेको र अश्‍लील लेख प्रकाशित गरेको आरोप लागेको थियो।

बियरका वकिलले उनीसँग अब कुकुर नभएको भन्दै मुद्दा निलम्बन गर्न न्यायाधीशलाई आग्रह गरे पनि न्यायाधीशले यस मुद्दामा तुरुन्तै जेल सजाय दिनु उपयुक्त हुने बताए । उनले भने–फेसबुकमा यस्ता भिडियो शेयर गर्नु निन्दनीय कार्य हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *