हाँस्दा पैगम्बर मोहम्मदको अपमान भएको भन्दै मोडललाई जेल हालियो
काठमाडौं । अफगानिस्तानमा तालिबान सरकार आएपछि त्यहाँका जनतालाई बाँच्न गाह्रो भएको छ । अहिले तालिवानले अफगानिस्तानको एक ठूला फेसन मोडलसहित उनका तीन सहयोगीलाई पक्राउ गरेको खबर आएको छ । यी मानिसहरूलाई इस्लाम र कुरानको अपमान गरेको आरोप छ।
अजमल हकीकी आफ्नो फेसन शो, युट्युब क्लिप र मोडलिङ इभेन्टका कारण चर्चामा रहन्छन्। अहिले तालिवान सरकारले उनलाई पक्राउ गरेको छ । तालिवान खुफिया एजेन्सीले अजमल हकीकीको तस्बिर पोस्ट गरेको छ। यसमा उनलाई हातकडी लगाइएको देखिन्छ ।
अफगानिस्तानमा एउटा भिडियो भाइरल भएको छ । यसमा हास्यकलाकार गुलाम सखी अरबी भाषामा कुरानको श्लोक वाचन गर्दैछन् । गुलाम सखी राम्ररी बोल्न सक्दैनन्, उनले यो कमजोरीलाई पनि मानिसहरूलाई हँसाउन प्रयोग गर्छन्। तर अजमल हकीकी कुरानको श्लोक पढ्दा हाँस्दै थिए, त्यही भिडियो भाइरल भयो।
पक्राउपछि तालिबान सरकारले अजमल हकीकी र उनका सहयोगीहरूको एउटा भिडियो जारी गरेको छ, जसमा उनीहरूले तालिबान सरकार र धार्मिक विद्वानहरूसँग माफी मागेका छन्। भिडियोसँगै लेखिएको थियो, ‘कुरान वा पैगम्बर मोहम्मदले भनेका कुराहरूको अपमान गर्ने अधिकार कसैलाई छैन।’
हाल अजमल हकीकीको समर्थनमा केही संघसंस्था अगाडि आएका छन् । एम्नेस्टी इन्टरनेशनलले यी मोडललाई रिहा गर्न माग गरेको छ ।







डिसी नेपाल







Facebook Comment