भारतमा राष्ट्रपतिको चुनाव घोषणा
काठमाडौं । भारतको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको मिति घोषणा गरेको छ । देशको १५औँ राष्ट्रपतिका लागि जुलाई १८ मा मतदान हुँदैछ र नयाँ राष्ट्रपतिको नाम यही जुलाइ २१ तारिखमा तय हुनेछ ।
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम मिति जुन २९ तारिख तोकिएको छ । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ।
रामनाथ कोविन्द देशको १४ औं राष्ट्रपति थिए। उनले जुलाई २५, २०१७ मा शपथ लिएका थिए । रामनाथ कोविन्द सर्वोच्च अदालतमा वकिल भइसकेका छन् र देशको सर्वोच्च संवैधानिक पद ग्रहण गर्नुअघि उनी बिहारको राज्यपाल थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment