पाकिस्तानी सांसदको अचानक निधनपछि डिभोर्स मागिरहेकी ३१ वर्ष कान्छी पत्नीले के भनिन् ?
काठमाडौं । पाकिस्तानी सांसद तथा चर्चित टिभी होस्ट अमिर लियाकतको निधन भएको छ । जानकारीका अनुसार आमिर कराँचीस्थित आफ्नो अपार्टमेन्टमा मृत फेला परेका थिए । उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको समाचारमा जनाइएको छ । उनको मृत्युको खबरले मानिसहरु स्तब्ध भएका छन् । यसैबीच उनकी तेस्री श्रीमती सैयदा दानिया शाहको प्रतिक्रिया पनि आएको छ ।
अमिर लियाकतकी तेस्री पत्नी सैयदा दानिया शाह उनीभन्दा ३१ वर्ष कान्छी छिन् । दानियाले भर्खरै आमिर लियाकतमाथि कुटपिट, ड्रग्स सेवन जस्ता गम्भीर आरोप लगाएकी थिइन् र सम्बन्धविच्छेदको माग गरेकी थिइन् । आमिरको मृत्युमा दानियाले ट्वीट गरिन्, ‘अल्लाहले उनलाई माफ गरून् तर यो साँच्चै स्तब्ध पार्ने कुरा हो ।’
May Allah forgive him but this is really Shocking. #amirliaquat
— Syeda Dania Shah (@SyedaDaniaShah) June 9, 2022
रिपोर्टका अनुसार आमिर लियाकतका सेवकहरूले अघिल्लो रातिदेखि उनको स्वास्थ्य राम्रो नभएको बताएका छन् । उनको छातीमा पीडा थियो । कर्मचारीले उनको ढोका ढकढकाएर जवाफ नपाएपछि उनी केही आशंकामा परेका थिए । अहिले आमिरको कोठा सिल गरिएको छ ।
आमिरले यसै वर्ष सैयदासँग विवाह गरेका थिए तर चाँडै नै यी दुईबीच सम्बन्धविच्छेदको खबर बाहिर आउन थाल्यो । दानियाले अमिर लियाकतलाई डिभोर्सको लागि अदालतमा निवेदन दिँदै १५ करोड रुपैयाँ र गहना मागेकी थिइन् । दानियाले निवेदनमा भनिन्, ‘आमिर मलाई सानो कोठामा राख्छन्, मदिराको नशामा कुट्छन् र मेरो परिवारका सदस्यहरूलाई गम्भीर परिणामको धम्की दिन्छन्।’
केही समयअघि आमिर लियाकतको निजी भिडियो पनि भाइरल भएको थियो । जसको आरोप आमिरले तेस्री श्रीमती दानियामाथि लगाएका थिए । भिडियोमा आमिरको ओछ्यानमा ड्रग्स पनि राखिएको समाचारमा उल्लेख छ । भिडियो भाइरल भएपछि लियाकतले भनेका थिए, ‘दानियाले जे गरिन्, त्यसले निकाहजस्तो पवित्र सम्बन्ध बिग्रने छ । उनले विवाहको गोपनीयता र विश्वास तोडेकी छिन्।







डिसी नेपाल







Facebook Comment