जसले ७८ जना महिलासँग बिहे गरे, १२ वर्षकी बालिका समेत छोडेनन्

डिसी नेपाल
२७ जेठ २०७९ ११:२९
4.3k
Shares

काठमाडौं । एकजना मानिसका ७८ जना श्रीमती थिए । उनका श्रीमतीको सूचीमा १२ वर्षसम्मका बालिकाहरू पनि पर्छन्। अब उनको बारेमा नेटफ्लिक्समा एउटा डकुमेन्ट्री रिलिज हुन लागेको छ । जसमा उनका सबै कालो कारनामाहरू खुल्नेछन्।

यो व्यक्तिको नाम वारेन जेफ्स हो। हाल ६६ वर्षीय वारेन बाल यौन दुर्व्यवहारको लागि आजीवन काराबासको सजाय काटिरहेका छन्। तर एक समय थियो जब उनको आफ्नै फरक शक्ति थियो। उनका अनुयायीहरूले उनलाई ‘भविष्यवक्ता’ वा ईश्वरको दूत मान्थे। उनले दर्जनौं विवाह मात्र गरेनन्, उनले धेरै केटीहरुको शोषण समेत गरेका थिए ।

‘डेली स्टार’मा प्रकाशित समाचारका अनुसार तथाकथित धर्म प्रचारक वारेन जेफ्सले आफूलाई भगवानको दूत भनेका थिए । ९० को दशकमा उनका १० हजार फलोअर्स थिए । उनी आफ्नै छुट्टै पन्थ चलाउँथे । उनको फार्म हाउसमा करिब ५ सय बालबालिका र महिला बस्थे । यसै क्रममा उनले १२ वर्षीया केटीसँग विवाह गरे । उनले यो विवाहलाई ‘आध्यात्मिक विवाह’ भनेका छन् ।

वारेनले एक वा दुई होइन दर्जनौं केटीको शोषण गरेका थिए । उनका श्रीमतीको सूचीमा युवा महिलाहरू पनि परेका थिए । धेरै मिडिया रिपोर्टका अनुसार, वारेनको लगभग ७८ पत्नीहरू थिए। जसमध्ये २४ श्रीमती १७–१८ वर्षको उमेरका थिए ।

तर, उनको शक्ति लामो समय टिक्न सकेन र गुनासोपछि उनी अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको रडारमा आए । पछि उनलाई मोस्ट वान्टेडको सूचीमा राखियो । उनी सन् २००६ मा पक्राउ परे र एक वर्षपछि उनको फार्म हाउसमा छापा मारेर सबै बालबालिका/महिलालाई रिहा गरियो।

वारेनको ठाउँबाट बाहिर आएका धेरैले सुविधाको आधुनिक साधन नभएको बताए । टिभी, इन्टरनेट, संगीत आदि केही थिएन । त्यहाँ निकै अनौठो वातावरण थियो । मानिसहरूलाई बाहिरी संसारबाट टाढा राखिएको थियो। वारेनको सबैमाथि नियन्त्रण थियो। महिलाहरूलाई धेरै मेकअप गर्न अनुमति थिएन।

एउटी पत्नीबाट जन्मेका वारेनका छोरा वेन्डेल जेफसनले भने- ‘म १५ वर्षकी आमाहरूसँग हुर्कें। वारेनले १२ वर्षको उमेरसम्मकी केटीसँग विवाह गरे र मलाई त्यो केटी मेरी आमा थिइन् भनियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *