पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफको अवस्था नाजुक

डिसी नेपाल
२८ जेठ २०७९ १०:०१
1.2k
Shares

काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति तथा सेनाका तानाशाह जनरल परवेज मुशर्रफको अवस्था निकै नाजुक छ । मुशर्रफ भेन्टिलेटरमा नभएको उनको परिवारले आफ्नो ट्विटर ह्यान्डलमा पोष्ट गरेको छ । उनी विगत ३ सातादेखि अस्पतालमा भर्ना छन् ।

उनी यस्तो कठिन अवस्थाबाट गुज्रिरहेका छन् जहाँबाट निको हुने सम्भावना छैन र उनीहरुका सबै अंगहरुले काम गर्न छाड्छन् । परिवारले मानिसहरूलाई उनको जीवन सहज होस् भनेर प्रार्थना गर्न आग्रह गरे।

शुक्रबार पाकिस्तानी मिडियामा परवेज मुशर्रफको मृत्युको खबर आउन थाल्यो। यससँगै धेरै मिडिया च्यानलहरूले यो समाचारलाई अस्वीकार गरेपछि उनको अवस्थालाई लिएर अड्कलबाजी हुन थाल्यो ।

पूर्व सूचना मन्त्री फवाद चौधरीले मुशर्रफका छोरासँग कुरा गरेको र मुशर्रफ भेन्टिलेटरमा रहेको पुष्टि गरेका छन् । यसपछि परिवारले अगाडि आएर उनको अवस्थाबारे जानकारी दिएको छ ।

परवेज मुशर्रफलाई तत्कालीन प्रधानमन्त्री नवाज सरिफले सन् १९९८ मा सेनामा फोर स्टार पदमा बढुवा गरेका थिए । त्यसपछि मुसर्रफ सेना प्रमुख बने । सेना प्रमुखका रूपमा मुसर्रफले सन् १९९९ मा सत्तापलट गरेका थिए । सन् २००१ देखि २००८ सम्म पाकिस्तानको दशौं राष्ट्रपतिको रूपमा शासन गरे।

उनलाई पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या र मस्जिदका धर्मगुरुको हत्यामा फरार घोषित गरिएको थियो। सन् २००७ मा उनले पाकिस्तानी संविधान निलम्बन गरेपछि उनीमाथि देशद्रोहको मुद्दा चलाइएको थियो । मुसर्रफ सन् २०१६ मा उपचारका लागि दुबई गएका थिए र त्यसयता त्यहीँ छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *