जिसस भोजपुरमा गठबन्धनको प्यानल विजयी
भोजपुर । जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अनिशा खड्का विजयी भएका हुन् ।
दलित वा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा माओवादी केन्द्रबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन् । त्यस्तै कांग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बने भने रुख चिह्नबाट निर्वाचन लडेकी नेकपा (एकिकृत समाजवादी)बाट राधिका तामाङले सदस्यमा जित हासिल गरेकी छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment