जिसस प्रमुखमा गठबन्धनबाट राई र एमालेबाट श्रेष्ठको मनोनयन

डिसी नेपाल
२९ जेठ २०७९ १०:२६
152
Shares

खोटाङ। जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा गठबन्धनबाट जसपाका सनबहादुर राई र एमालेबाट किशोरकुमार श्रेष्ठको मनोनयन दर्ता भएको छ।

३० जेठमा हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि शनिबार प्रमुखमा राई र श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो।

जिल्ला समन्वय समितिको उपप्रमुखका लागि गठबन्धनबाट माओवादी केन्द्रका सुरेस तामाङ र एमालेबाट सन्तोष राईको मनोनयन दर्ता भएको छ। चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमति भएको थियो।

खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्माको उम्मेदवारी दर्ता भएको छ।

एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता नगराएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.