यो हो विश्वकै ठूलो जाफा केक

डिसी नेपाल
३० जेठ २०७९ १२:४५
116
Shares

लन्डन। १६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली एकै ठाँउमा मिसाउँदा के बन्ला ? यसको उत्तर पनि सजिलो छ–विश्वकै सबैभन्दा ठूलो जाफा केक। पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर यस्तो केक तयार पारेकी हुन्। अन्य केकभन्दा सयौँ गुणा ठूलो उक्त केकको व्यास १७५ सेन्टिमिटर छ।

क्विनले बेलायतको गट ट्यालेन्ट कार्यक्रमको १५औँ वार्षिकोत्सवमा ८० किलो केक तयार गरेकी थिइन्। उनले भनिन्, ‘मैले पाँच वर्षअघि बनाएको कीर्तिमान तोड्नको लागि म्याकभिटीसँग साझेदारी गर्न पाउँदा एकदमै खुशी लागेको छ। यस्तो प्रतिष्ठित केकको साथ बेलायतको गट ट्यालेन्टको १५औँ जन्मदिन मनाउन पाउँदा ठूलो खुशी लाग्यो। ’

सन् २०१३ मा द ग्रेट ब्रिटिस बेक अफको चौथो शृंखला जित्ने सुश्री क्विनले २०१७ मा बनाएको आफ्नै गिनिज वल्र्ड रेकर्ड तोडेकी हुन्। झन्डै २ मिटर फराकिलो सो केक बनाउन ११ घन्टा लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *