लोरी चालकहरूको हडतालका कारण दक्षिण कोरियाको व्यवसाय प्रभावित

डिसी नेपाल
३० जेठ २०७९ १४:५२
268
Shares

सीउल। दक्षिण कोरियामा लरी चालकहरूको हडतालका कारण व्यवसाय प्रभावित भएको छ। चालकहरूको हड्तालका कारण कार निर्माता कम्पनी हुन्डाई र स्टिल उत्पादक पोस्कोलगायत प्रभावित भएका छन्।

इन्धनको मूल्य बढ्दै गएपछि लोरी चालकहरूले थप पारिश्रमिक र सरकारी अनुदानको समयावधि बढाउन माग गरिरहेका छन्। अघिल्लो वर्षको तुलनामा यो महिनाको पहिलो १० दिनमा देशको निर्यात झण्डै १३ प्रतिशतले घटेको छ।

युक्रेन युद्धका कारण विश्वव्यापी आपूर्ति श्रृंखला अवरोधलाई जारी हड्तालले थप प्रभावित पार्ने र विश्वभर मूल्य बृद्धि हुने चिन्ता बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *