अमेरिका भ्रमणबारे प्रष्ट पार्न प्रधानमन्त्री देउवालाई संसदीय समितिले बोलायो

डिसी नेपाल
३० जेठ २०७९ १७:०५
328
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका थिए । देउवा प्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमण हुन लागेकाले यसबारे सदन र सांसदलाई जानकारी दिनुपर्ने नेता नेपालको भनाइ थियो ।

नेपालसहितका सांसदहरुले प्रधानमन्त्रीको अमेरिकाबारे चासो राखेपछि समितिले यसबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो ।

देशको असंलग्न परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाउने समितिले निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.