मलको सहज आपुर्ति गर्न सरकारलाई निर्देशन

डिसी नेपाल
३० जेठ २०७९ १७:४३
8
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मलको व्यवस्थापनका विषयमा आवाज उठाएका छन् । प्रमुख प्रतिक्षी दल एमालेका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका थिए ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएकोमा उक्त छलफलमा ४८ जना सांसदले आफ्नो धारणा राखेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरू र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले दिएको जवाफलाई हेर्दा नेपालमा रासायनिक मलको चरम अभाव रहेको पाइएको जनाएका छन् । यस विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको उनको ठहर छ ।

कुल ग्राहास्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न सभामुखले नेपाल सरकारलाई निर्देश दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.