युक्रेन युद्धः इन्धन निर्यातबाट रुसले कमायो ९८ अर्ब डलर

डिसी नेपाल
३१ जेठ २०७९ ८:३३
1.3k
Shares

बीबीसी। एउटा नयाँ प्रतिवेदनले रुसी तेल आयातलाई सीमित पार्ने अमेरिका र युरोपेली सङ्घ ईयूको रणनीतिमा सम्भावित राजनीतिक छिद्रहरू रहेको भन्दै सजग गराएको छ। उक्त अध्ययनले रुसले युक्रेनमा हमला सुरु गरेको पहिलो एक सय दिनमा दैनिक १ अर्ब अमेरिकी डलरभन्दा धेरै रकम तेल र ग्यास बेचेर कमाएको जनाएको छ। यद्यपि मे महिनामा भने त्यो घट्न थालेको थियो।

सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरले रुसी तेल र ग्यासको निर्यात घट्दो रहेको र मस्कोको त्यसबाट हुने कमाई समेत कम भइरहेको जनाएको छ।

तर ऐतिहासिक आँकडाहरू अनुसार त्यो निकै उच्च नै छ र निकै चर्चा गरिएको युक्रेन युद्धको खर्चभन्दा धेरै छ। युद्ध सुरु भएयता मार्च महिनामा त्यो सबैभन्दा उच्च दैनिक १ अर्ब अमेरिकी डलरभन्दा धेरै थियो।

उक्त प्रतिवेदनले ईयूले योजना गरेको तेल प्रतिबन्धको प्रभाव भने उल्लेख्य हुने जनाएको छ। ऊर्जा प्रतिबन्धहरू लागु भएपछि थप रुसी कच्चा तेल भारततर्फ मोडिएको जनाइएको छ।

तर त्यहाँ प्रशोधन भएपछि धेरैजसो त्यो पुनः युरोप र अमेरिकाका खरिदकर्तासामु विक्री भइरहेको भन्दै उक्त प्रतिवेदनले चेतावनी दिएको छ। सो प्रतिवेदनले रुसले नयाँ तेल बजार खोजिरहँदा धेरैजसो उसका तेल पानीजहाजमार्फत पठाइन थालेको जनाएको छ।

र ती धेरैजसो युरोपेली स्वामित्वका पानीजहाजहाजहरू छन्। पूर्वी युक्रेनमा युद्ध जारी रहँदा यदि रुसले सेभेरोडोनेट्स्क जोड्ने एउटा अन्तिम पुल नष्ट गरेमा उक्त शहरको बाँकी युक्रेनसँग सम्बन्ध टुट्ने त्यस क्षेत्रका गभर्नरले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त रणनीतिक शहरमा ‘साँच्चिकै प्रत्येक मिटरको दूरीमा’ युद्ध चलिरहेको जनाएका छन्। स्वघोषित “डोनेट्स्क गणराज्य”का एकजना सैन्य प्रतिनिधिले उक्त शहरमा बाँकी रहेका युक्रेनी फौजहरू “आत्मसमर्पण वा मृत्यु” रोज्ने अवस्थामा रहेको बताएका छन्।

युक्रेनका प्रहरी प्रमुखले देशभर झण्डै १,२०० शवहरू अझै पहिचान हुन नसकेको जनाएका छन् जसमा केही धेरैजनाको चिहानमा भेटिएका समेत रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *