तमिलनाडुमा नवविवाहित जोडीको हत्या
नयाँ दिल्ली। भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ। राज्यको कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ।
प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन्। पति अति पिछडिएको जातिको रहेको बताइन्छ। प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ।
हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment