लस एन्जलसको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

डिसी नेपाल
३१ जेठ २०७९ १२:२०
320
Shares

न्युयोर्क। लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । आक्रमणको उदेश्य प्रष्ट छैन्। शंकास्पदका बारेमा प्रहरीले कुनै सू्रचना सार्वजनिक गरेको छैन्।

धाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। गोलीकान्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीइ र्यान्डी टाइसन छन् । गोलीकान्डमा मारिएका तेस्रा व्यक्तिको पहिचान हुन बाँकी छ।

बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलीकान्ड सार्वजनिक भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *