६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार
वर्लिन। जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दुर्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ। तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा बढी भएको बताइएको छ।
युनिभर्सिटी अफ म्युन्स्टरको रिपोर्टअनुसार उक्त डायोसिसमा ६१० जना दुर्व्यवहार पीडितको आधिकारिक रेकर्ड छ। यद्यपि, अध्ययनमा संलग्न इतिहासकार नताली पोवरोज्निकले पीडितको वास्तविक संख्या धेरै बढी हुनसक्ने बताइन्। उनका अनुसार करिब ५ हजारदेखि ६ हजार जना युवायुवती पीडित छन्।
रिपोर्टअनुसार १९३ जना पादरीले कम्तीमा ५ हजार ७ सय यौन दुर्व्यवहारका घटना गराएका थिए। संलग्न पाँच प्रतिशत पादरीहरू शृंखलाबद्ध अपराधीहरू फेला परेका थिए। उनीहरूले दश भन्दा बढी व्यक्तिहरूलाई पीडित बनाएका थिए । दश प्रतिशतभन्दा कमले कानुनी परिणामहरूको सामना गरेका थिए।







डिसी नेपाल







Facebook Comment