अमेरिका एसपीपीमा सामेल हुन भन्दैन, माग आएको खण्डमा सम्बोधन गर्छः अमेरिकी दूतावास
काठमाडौं । अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन नभन्ने र कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्ने जनाएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले मंगलबार सामाजिक सञ्जालमा आफ्नो भनाइ सार्वजनिक गर्दै नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्दै आएको दस्तावेज असत्य भएको जनाएको छ ।
‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज असत्य हो’ अमेरिकी दूतावासले भनेको छ, ‘नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राम९एसपीपी०मा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।’
अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुनका लागि प्रस्ताव आएको भन्ने विषयमा चासो र चर्चा बढेपछि साँझ दूतावासले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।
‘स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो,’ दूतावासले भनेको छ, ‘अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपत्तिविरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।’







डिसी नेपाल








Facebook Comment