राप्रपाले प्रधानमन्त्रीलाई बुझाउँदै ज्ञापनपत्र

डिसी नेपाल
१ असार २०७९ ९:३४
52
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ।

किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो।

खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन्। अर्कोतिर, महङ्‍गी पनि बढेको छ।

यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापनपत्र बुझाउने भएको राप्रपाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.