जिसस मनाङमा कांग्रेस र एमालेबीच गोलाप्रथाबाट भागबण्डा
लमजुङ । जिल्ला समन्वय समिति मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । सहमति अनुसार नै बिहीवार मनोनयन दर्ता गरिने भएको हो ।
उनीहरुले प्रमुख र उपप्रुमख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् ।
जस अनुसार एमालेको भागमा प्रमुख र कांग्रेसको भागमा उपप्रमुख परेको छ । प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ ।
प्रमुख र उपप्रमुखको टुंगो लागे पनि सदस्यहरु बिहीबार टुंगो लाग्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment