मानवीय सहयताका लागि अमेरिकालाई पत्र लेखिएको हो, सैन्य गठबन्धनका लागि होइन : प्रधानसेनापति शर्मा

डिसी नेपाल
३ असार २०७९ १०:२०
104
Shares

काठमाडौं। प्रधान सेनापती प्रभुराम शर्माले भूकम्पको अप्ठयारो स्थीति सामान गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन्।

अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्विकार गर्दै प्रधानसेनापति राणाले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन्। संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा बोल्दै प्रधानसेनापति राणाले सार्वजनिक भएको १० बुँदे फरम्याट आधिकारिक नभएको पनि जनाएका छन्।

‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भूकम्प गए पछिको अवस्था थियो, भूकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायाता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन।’

०७२ सालको भूकम्पको मानवीय क्षति पछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति शर्माले बैठकमा जानकारी दिईरुहेका छन्।
‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भूकम्पमा मानवीय सहयाताबाहेक अरु उदेश्य थिएन, हैन’ समिति बैठकमा भने।

तर, हालै सार्वजनिक भएको १० बुदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाइ छ। ‘अहिले १० बुदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.