आमाछोरीले ७७ हजार रूपैयाँको मेकअप गराए, पैसा नतिरी ब्युटी पार्लरबाट भागे !
Face peeling mask, spa beauty treatment, skincare. Woman getting facial care by beautician at spa salon, side view, close-up
काठमाडौं । मेकअप गरेपछि ब्युटी पार्लरबाट दुई महिला पैसा नतिरिकन भागेका छन् । ब्युटी पार्लरकी मालिकले उनीहरू यस्तो कार्यप्रति प्रहरीमा उजुरी दिएकी छन् । यससँगै उनले सामाजिक सञ्जालमा ती महिलालाई खोज्न आग्रह गर्दै पोस्ट गरेकी छिन् ।
पार्लरको मालिकको नाम जेड एडम्स हो। २८ वर्षीय एडम्सले दुई दिनअघि उनको पसलमा दुई महिला आएको बताइन् । उनीहरुले आफुलाई आमा छोरी भनेर चिनाए । दुवैले मेकअपसँगै बोटोक्स ट्रिटमेन्ट र अन्य महँगो ट्रिटमेन्ट गराए । तर ५१० पाउण्ड (७७ हजार रूपैयाँ) बिल तिर्ने समय आएपछि उनीहरू क्लिनिकबाट फरार भए ।
बेलायतका निवासी जेड एडम्सले फेसबुकमा एक महिलाको तस्बिर सेयर गर्दै लेखेकी छन्- कृपया चोरको तस्बिर सेयर गर्नुहोस्। दुर्भाग्यवश यी महिला र उनकी छोरी हिजो मेरो क्लिनिकमा सौन्दर्य उपचारको लागि आए। तर पैसा नदिई भागेका छन् ।’ एडम्सका अनुसार तिनीहरू दुवैको बोल्ने तरिकाले आयरिश जस्ता लाग्थे।

एडम्सले यस घटनाको बारेमा प्रहरीमा उजुरी दिएकी छन्। दुवै महिलाले क्लिनिकमा उपचारका लागि (बोटक्स र ओठ फिलर) बुकिङ गरे, त्यसपछि मेकअप आदि गराए र पैसा तिर्ने समय आएपछि बहाना बनाएर बाहिर निस्केर नफर्केको उनले बताइन् । एडम्सका अनुसार उनीहरूको बिल ५१० पाउण्ड बनेको थियो ।
एडम्सका अनुसार पहिले एक महिलाले आफ्नो उपचार गराइन् र वेटिङ रुममा गएर बसिन् । दोस्रो महिलाले पनि उपचार गराएपछि पहिलो महिलालाई बोलाउन वेटिंग एरियामा गएकी थिइन् तर केही बेरमा दुवै जना बेपत्ता भए । उनले आफ्नो पछाडि एउटा कोट छोडेकी थिइन्, ताकि मानिसहरूले उनी फर्किँदैछिन् भनी सोचून्। तर त्यो धोका मात्र थियो ।
‘मेट्रो युके’ को रिपोर्टका अनुसार एडम्सले आफूले १८ महिनादेखि क्लिनिक चलाउँदै आएको तर त्यस्ता ग्राहक कहिल्यै नदेखेको बताइन् । एडम्सले ठगी गर्ने महिलालाई पक्रन प्रहरीसँग सहयोग मागेकी छन् ।







डिसी नेपाल







Facebook Comment