प्रम देउवाद्वारा सुशासन कायम गर्न निर्देशन

डिसी नेपाल
३ असार २०७९ १६:०१
44
Shares

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन्।

जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनानुसार काम जनप्रतिनिधिसँग अनुरोध गरेका छन्।

कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.