इङ्ल्याण्डले बनायो एकदिवसीय क्रिकेट इतिहासकै ठूलो स्कोर, अरू थुप्रै रेकर्ड पनि बने
काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने आफ्नै विश्व कीर्तिमान तोडेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले नेदरल्यान्ड्सविरुद्ध तीन ब्याट्सम्यानको शतकको मद्दतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनाएको छ । एकदिवसीय क्रिकेटमा पहिलो पटक ५०० रनको अंक छुने अवसर मात्र २ रनले पूरा हुन सकेन ।
यसअघिको रेकर्ड ४८१/६ थियो र यो इङ्ल्याण्डले नै बनाएको थियो । इङ्ल्यान्ड टोलीले नटिङ्घममा अस्ट्रेलियाविरुद्ध १९ जुन २०१८ मा त्यो स्कोर बनाएको थियो। इङ्ल्यान्डका लागि फिल साल्ट (१२२), डेभिड मलान (१२५) र जोस बटलर (१६२) ले एक इनिङ्समा शतक बनाए । एकदिवसीय क्रिकेटको इतिहासमा तीन ब्याट्सम्यानले एक इनिङमा शतक बनाएको यो तेस्रो पटक हो। यसअघि सन् २०१५ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र भारतविरुद्ध एक इनिङमा तीन–तीन शतक बनाएको थियो ।
जोस बटलरले ४७ बलमा शतक पूरा गरे । एकदिवसीय क्रिकेटमा योभन्दा छिटो सात ब्याट्सम्यानले कुल ८ पटक बनाएका छन् । बटलरले पनि यसअघि २०१५ मा पाकिस्तानविरुद्ध ४६ बलमा शतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको नाममा छ । डिभिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक बनाएका थिए ।
– Highest ODI total (498)
– Most 6s in an ODI innings (26)
– Most runs from boundaries in an ODI innings (300)
– 3rd time with 3 centuries in an ODI innings
– Equal 2nd fastest ODI 50 (Liam Livingstone 17 balls)
– 2nd fastest ODI 150 (Jos Buttler 65 balls)#NEDvENG #ENGvNED ?????????— Fox Sports Lab (@FoxSportsLab) June 17, 2022
बटलरले आफ्नो पारीमा १४ छक्का र ७ चौका प्रहार गरेका थिए । एकदिवसीय क्रिकेटको एक इनिङमा सबैभन्दा बढी १७ छक्का प्रहार गर्ने कीर्तिमान इङ्ल्यान्डका कप्तान इयोन मोर्गनको नाममा छ । मोर्गनले यो उपलब्धि २०१९ मा अफगानिस्तानविरुद्धको खेलमा गरेका थिए । अहिलेसम्म कुनै ब्याट्सम्यानले एक इनिङमा १४ वा सोभन्दा बढी छक्का प्रहार गरेको कुल ९ पटक भएको छ ।
इंग्ल्यान्डका ब्याट्सम्यानको आँधी यस्तो थियो कि नेदरल्याण्डका चार बलरले ८० वा सोभन्दा बढी रन दिए । धेरैजसो धुलाई फिलिप बोइसेभिनको भयो । उनले १० ओभरमा १०८ रन दिए । उनले कुनै विकेट पनि लिन सकेनन् । एकदिवसीय क्रिकेटमा यो भन्दा बढी रन मात्र तीन बलरले दिएका छन् । अस्ट्रेलियाका माइकल लुइसले सन् २००६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध १० ओभरमा ११३ रन दिएका थिए । यो एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन दिएको विश्व कीर्तिमान हो।
पाकिस्तानका वाहब रियाजले सन् २०१६ मा इंग्ल्याण्डविरुद्ध १० ओभरमा ११० रन दिएका थिए । अफगानिस्तानका राशिद खानले २०१९ मा म्यानचेस्टरमा इङ्ल्यान्डविरुद्ध ९ ओभरमा ११० रन दिएका थिए।
इंग्ल्याण्डका लागि लियाम लिभिङ्स्टनले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले २२ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ६६ रन बनाए । उनको स्ट्राइक रेट ३ सय थियो । लिभिङ्स्टनले १७ बलमा आफ्नो अर्धशतक पूरा गरे। यो ढाँचामा इंग्ल्याण्डका लागि सबैभन्दा छिटो अर्धशतक हो। यसअघि कीर्तिमान इयोन मोर्गन (२१ बल) को नाममा थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment