दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु

डिसी नेपाल
५ असार २०७९ ९:३४
64
Shares

किभ। पूर्वी पृथकतावादी सहर दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन्। ‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुका साथै १२ जना घाइते भएका छन्’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ।

दोनेत्स्क पूर्वी युक्रेनस्थित दोनबास कोइला क्षेत्रमा स्व–घोषित डोनेत्स्क गणतन्त्रको वास्तविक राजधानी हो। सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीद्वारा नियन्त्रित उक्त क्षेत्र युक्रेन र रूसी सेनाहरू बीच भयंकर लडाईको विषय भएको छ। ‘आज बिहानदेखि, शत्रुको ठूलो बमबारीले गणतन्त्रको राजधानीलाई निशाना बनाएको छ’, विज्ञप्तिमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *