प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित

डिसी नेपाल
५ असार २०७९ १०:४३
56
Shares

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने भएका छन्।

प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन्।

आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको बताइन्।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.