श्रीलंकामा तेल भर्ने स्टेसनमा गोली चल्यो
कोलम्बो। श्रीलंकाको सेनाले तेल भर्ने इन्धन स्टेसनमा दंगा नियन्त्रण गर्न गोली चलाएको छ। पेट्रोल र डिजेलको भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो। शनिबार राति कोलम्बोबाट ३६५ किलोमिटर उत्तरमा रहेको भिसुवामाडुमा सेनाले गोली चलाएको थियो।
सेनाको ‘गार्ड पोइन्ट’मा ढुंगा प्रहार भएपछि गोली चलाइएकाे सेनाका प्रवक्ता निलान्था प्रेमरत्नेले बताए। ‘२० देखि ३० जनाको समूहले ढुंगा हानेर सेनाको ट्रकमा क्षति पुगेकाे छ’, प्रवक्ता प्रेमरत्नेले भने। अशान्ति नियन्त्रण गर्न सेनाले पहिलो पटक गोली चलाउँदा चार सर्वसाधारण र तीन सैनिक घाइते भएका प्रहरीले जनाएको छ।
पम्पमा पेट्रोल सकिएपछि सवारी चालकहरूले विरोध गरेका थिए। झडप नियन्त्रणमा प्रहरीले गोली चलाएको थियो। श्रीलंका स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। देशले खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक वस्तुहरू आयात गर्न डलर पाउन असमर्थ छ।
आर्थिक संकट बढिरहेका बेला सर्वसाधारणले राषट्रपतिकाे राजीनामा माग गर्दै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment