उडिरहेको विमानमा आगो लाग्यो

डिसी नेपाल
५ असार २०७९ १४:२०
864
Shares

नयाँ दिल्ली। पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ। विमानको बायाँ इन्जिनबाट धुुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ।

इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन्। विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ। विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *