इरानसँगको तनावको बीचमा इजरायली विदेशमन्त्रीको टर्की भ्रमण किन चर्चामा ?

डिसी नेपाल
६ असार २०७९ १०:४८
116
Shares

काठमाडौं । इजरायलका विदेशमन्त्री येर लापिडले बिहीबार टर्की भ्रमण गर्ने कार्यक्रम छ । यसअघि इजरायलले टर्कीमा यात्रा गर्ने आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो टर्की छोड्न आग्रह गरेको थियो।

इजरायलले टर्कीमा रहेका आफ्ना नागरिकलाई इरानले निशाना बनाउन सक्ने चिन्ता व्यक्त गरेको छ । टर्कीमा यार लापिडले आफ्ना समकक्षी मेभलुट चौसोलोलाई भेट्नेछन्। आर्थिक सहयोग अभिवृद्धि गर्ने प्रयासका रूपमा उनले गत महिना इजरायलको पनि भ्रमण गरेका थिए।

गत हप्ता इजरायलले आफ्ना नागरिकहरूलाई टर्की यात्रा नगर्न चेतावनी दिएको थियो। इरानी सेनाको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको कुड्स फोर्सका वरिष्ठ अधिकारी कर्नेल हसन सैयद खोदाईको हत्यापछि इजरायलले आफ्ना नागरिकहरू विरुद्ध बदला लिने त्रास व्यक्त गरेको थियो।

इजरायलको सार्वजनिक प्रसारक कान्स रेडियोले गत हप्ता रिपोर्ट गर्‍यो कि सुरक्षा अधिकारीहरूले गत महिना टर्कीमा इजरायलीहरूमाथि गरिएको इरानी आक्रमणलाई विफल पारेका थिए। इजरायलको चेतावनीका सम्बन्धमा टर्कीले आफू सुरक्षित देश भएको र आतंकवादसँग लड्न सहयोग गर्ने प्रणाली रहेको बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *