रवि लामिछानेले पार्टी घोषणा गरेपछि भर्खरै पार्टीको अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रले के भने ?

डिसी नेपाल
७ असार २०७९ १६:१२

काठमाडौं । संचारकर्मीबाट राजनीतिज्ञ बन्ने घोषणा गरेका रवि लामिछानेले आज आफ्नै पार्टी गठन गर्ने घोषणा गरेका छन् । उनले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाब चिन्ह घण्टी प्रस्ताव गरेका छन् । उनी आजै पार्टी दर्ताका लागि निर्वाचन आयोग गएका छन् । आयोगले दर्ता गरेसँगै उनको पार्टीको नाम र चुनाब चिन्हले आधिकारिकता पाउनेछ ।

रविले पार्टी गठन गर्ने घोषणा गरेसँगै केही वर्षअघि पत्रकारिता छाडेर राजनीतिमा आएका रविन्द्र मिश्रले शुभकामना दिएका छन् । केही वर्षअघि वैकल्पिक राजनीतिको नारासहित राजनीतिमा आएका मिश्रले गएको स्थानीय तहको निर्वाचनमा आफ्नि पार्टीको लज्जास्पद पराजयपछि पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले रविलाई पार्टी गठनको क्रममा आफुबाट भएका गल्तीबाट सिक्न सुझाव दिएका छन् ।

मिश्रले लेखेका छन् ‘प्रिय रवी, तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु!’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *