अफगान भूकम्प अपडेटः मृत्यु हुने ९२० पुगे
काबुल। अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ। पाक्तिका प्रान्तकाे दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो। भूकम्पमा सयौँ घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। भूकम्पका कारण पूर्वी पाक्तिका प्रान्तमा धेरै घरहरू भत्किएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment