सुर्खेत-दैलेख सडक खण्डको कपासे नजिकै जीप दुर्घटनाः एकको मृत्यु, चार जना घाइते

डिसी नेपाल
८ असार २०७९ १८:१७

सुर्खेत । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका(१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिको मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बा१झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनकाअनुसार दुर्घटजामा एक जनाको मृत्यु भए पनि उनको पहिचान खुलेको छैन ।

दुर्घटनामा चार जना घाइते छन् । उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *