निर्वाचन सकिएको ४० दिन बितिसक्दा पनि जनप्रतिनिधिले अझै बुझाएनन् खर्चको विवरण

डिसी नेपाल
८ असार २०७९ १८:४१
52
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारले गरेको खर्च विवरण पठाउन सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ती जारी गर्दै सो निर्देशन दिएका हुन् ।

निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको खर्च विवरण सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र बुझाउनुपर्ने ऐन नियममा व्यवस्था छ । निर्वाचन सम्पन्न भएको ४० दिन पूरा भएपनि अझै आयोगमा खर्चको विवरण प्राप्त नभएको प्रवक्ता पौडेलले बताए ।

“कानूनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकीन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टाछुट्टै तयार गरी आवश्यक कारवाहीका लागि सिफारिससहित आयोगमा पठाउन आयोगले सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.