मेडिया मुगल रुपर्ट मर्डोक र जेरी हलबीच सम्बन्धबिच्छेदकाे तयारी

डिसी नेपाल
९ असार २०७९ ११:४२
112
Shares

न्युयोर्क। मिडिया मुगल रुपर्ट मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका छन्। यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्ध बिच्छेदको तयारी भएको जनाएको हो। मर्डोकले मार्च २०१६ मा सेन्ट्रल लन्डनमा हलसँग विवाह गरेका थिए । मर्डोकको यो चौथो पटक सम्बन्ध बिच्छेद हो।

विवाहपछि आफूले संसारकै सबैभन्दा खुसी र भाग्यमानी अनुभूति गरेको उनले बताएका थिए।

फक्स कर्पका अध्यक्ष ९१ वर्षीय मर्डोक र ६५ वर्षी जेरी पत्रिकामा बारम्बार चर्चामा थिए। सम्बन्धबिच्छेदले मर्डोकको स्वामित्वमा रहेको व्यवसायहरूको स्वामित्व संरचना परिवर्तन नगर्ने जनाइएको छ।

मर्डोकसँगको विवाहमा जेरीले फिक्का नीलो रंगको भिभियन वेस्टवुड पोसाक लगाएकी थिइन्। सन् २०१९ सम्म रूपर्ट र जेरीले प्रायः रातो कार्पेट कार्यक्रमहरूमा सँगै भाग लिन्थे। द क्वाइट वनको ट्रिबेका फेस्टिभल प्रिमियर र भ्यानिटी फेयर्स ओस्कारमा उनीहरू सँगै देखिएका थिए।

सन् २०२१ मा रूपर्ट र जेरीले आफ्नो ९०औं जन्मदिन न्यूयोर्क शहरमा एउटा पार्टीमा मनाएका थिए। फोब्र्सका अनुसार मेडिया टाइकुन मर्डोकसँग १७ दशमलब ७ अर्ब डलर सम्पत्ति छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *