अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं। कास्की र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही महानरपालिका–९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
रुपन्देहीको कञ्चन गाउँपालिका–१ बकुलघाटबाट करिब २ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश प्रसाद थारु रहेका छन्। इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment