बालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ

डिसी नेपाल
९ असार २०७९ १८:१९
112
Shares

विराटनगर । झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही बस्ने १९ वर्षकी शिरिषा सिंह महथालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १५ भन्सार कार्यालयको २ नम्बर ढाट सीमाक्षेत्रबाट नाबालिकालाई ललाईफकाई भारततर्फ बेचबिखन गर्न लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूमाथि मोरङ जिल्ला अदालतबाट मानब वेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनम्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.